News
म्याट रोस आधिकारिक रुपमै नेपालको मुख्य प्रशिक्षक

काठमाडौं । अष्ट्रेलियन प्रशिक्षक म्याट रोस आधिकारिक रुपमै नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । रोसलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।
एन्फाका अनुसार रोसलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । रोसको पहिलो जिम्मेवारीका रुपमा यही मार्च २१ तारीखका दिन हुने सिंगापुर विरुद्धको खेल हुनेछ । जुन खेलमा नेपालले सिंगापुरलाई उसकै घरेलु मैदान नेशनल स्टेडियममा सामना गर्नेछ ।
सिंगापुरसँगको भिडन्त पश्चात नेपाली टोली एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगितामा व्यस्त हुनेछ । छनौट प्रतियोगिता अन्तर्गत समूह एफमा रहेको नेपालले बलियो भियतनामसँगै मलेसिया र लाओससँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- प्रधानमन्त्री ओली : ‘खेलाडीहरू अब खेल खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ’
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा