News
फाइनलमा मच्छिन्द्र, उपाधिका लागि आर्मीसँग भिड्ने

काठमाडौं । सहज जितका साथ मच्छिन्द्र फुटबल क्लब यहाँ जारी दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी फुटबल क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । मच्छिन्द्रको जितमा ३९औं मिनटमा मनिष डाँगीले पहिलो गोल गरेका थिए । ४९औं मिनटमा रोशन रानाले त्यो अग्रता दोब्बर पारे ।
खेलको अन्तिमतिर स्टेफन जलीले ८५ र ९०औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । मच्छिन्द्रले अब फागुन १९ गते सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- प्रधानमन्त्री ओली : ‘खेलाडीहरू अब खेल खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ’
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने