कपिलवस्तु । बुधबारदेखि शुरु भएको दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगितामा संकटा फुटबल क्लब, काठमाडौंले विजयी शुरुवात गरेको छ ।
बुद्ध रंगशालामा भएको उद्घाटन खेलमा संकटाले आयोजक कपिलवस्तु–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । संकटाको जितमा उत्तम शाहीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता शाही नै खेलको म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत फागुन १५ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र हिमालयन शेर्पा क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक संघका अध्यक्ष तिलक थापाले बताए । फाइनल खेल यही फागुन २१ गतेका दिन हुनेछ ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा