News
सप्तरीमा पाँचौं वडा अध्यक्ष कप हुँदै (खेलतालिकासहित)
सप्तकोशी । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ श्री प्राग्रेसिभ युथ क्लब, सप्तकोशी–८, ओद्राहा, सप्तरीको आयोजनामा यही फागुन १५ गतेदेखि पाँचौं वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रीतयोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा फागुन १५ गतेका दिन डाँफे युवा क्लब, सिदिपुर र बेलटार युनाइटेड, बेलटार भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा