News
एन्फाले टिकट बिक्रीबाट संकलित रकम महिला खेलाडीहरुलाई पनि दिने

काठमाडौ । चारदेशीय महिला च्याम्पियनसिपको फाइनल टिकट मुल्य महँगो भएको चर्चा चल्दै गर्दा एन्फाले भने टिकट बिक्रीबाट संकलित केही रकम महिला खेलाडीहरुलाई पनि दिने भएको छ ।
एन्फाका अनुसार खेलाडीहरुले टिकट बिक्रीबाट संकलित २० प्रतिशत रकम पाउने भएका हुन । स्मरण रहोस, यसअघि एन्फाले नेपाल र म्यानमार बीच बुधबार हुने फाइनल खेलका लागि सामान्यतर्फ १००० र विशिष्ठतर्फ २००० टिकट मूल्य तोकेको छ ।
प्रतियोगिताको लिग चरणको खेलहरुमा भने टिकट मुल्य सामान्यतर्फ ५०० र विशिष्ठटर्फ १००० तोकिएको थियो । फाइनल बुधबार दशरथ रंगशालामा ६ बजेदेखी शुरु हुँदैछ ।
दर्शकहरुले टिकट खल्ती डिजिटल वालेटमार्फत पनि खरिद गर्न सक्नेछन । खल्तीले सामान्य टिकट खरिद गर्दा १५० 'क्यास ब्याक' गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण