काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक टोलीमा परेका १४ खेलाडीहरुलाई बाहिर निकालेका छन् ।
महर्जनले यसअघि टोलीको बन्द प्रशिक्षणमा ५८ खेलाडीहरुलाई समावेश गरेका थिए । एन्फाका अनुसार राष्ट्रिय टोलीको एक महिना लामो बन्द प्रशिक्षण पश्चात् १४ खेलाडीहरुलाई बाहिर पठाइएको जनाएको छ ।
टोली बाहिर पर्ने १४ खेलाडीहरुमा चोटिल बिमल घर्ती मगर र सुमन अर्याल पनि छन् । यद्यपि सुमन अर्याल भने निर्धारित समय मै चोट मुक्त भए स्क्वाडमा फर्कन सक्ने एन्फाले जनाएको छ ।
त्यस्तै बिमल घर्ती मगर भने उपचारका लागि कतार जाने पक्का भइसकेको छ । बिमलसँगै बिक्रम लामा पनि उपचारका लागि कतार जाने यसअघि नै एन्फाले घोषणा गरिसकेको छ ।
स्मरण रहोस, नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनौट खेलतर्फ घरेलु मैदान मै तीन खेल खेल्न बाँकी छ । जसअन्तरगत मार्च २५ तारीखका दिन चाइनिज ताइपेई र ३० मार्चका दिन अष्ट्रेलियासँग खेल्ने कार्यक्रम छ भने जुन ७ तारीखका दिन जोर्डनसँग खेल्ने तय भएको छ ।
प्रारम्भिक टोलीबाट बाहिरिएका १४ खेलाडीहरुः
देव लिम्बु, अमित तामाङ, रणदिप पौडेल, जय गुरुङ, नितीन थापा, रजत तिवारी, दिपेश आले मगर, राजेश परियार, प्रिजन तामाङ, बिमल घर्ती मगर, बिमल राना, रेजिन सुब्बा, राजिव लोप्चन र सुमन अर्याल ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न