News
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण सम्मानित
काठमाडौं । चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्बूलाईसम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै किरणलाई मनास्लु खेलाडी सम्मान– २०८१ बाट सम्मान गरिएको हो ।
सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान र प्रा.डा. बालचन्द्र लुईटेललाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित गर्यो ।
उनीहरुलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै