दियोबजार । सोमबारदेखि रुपन्देहीको कञ्चन गाउँपालिकामा शुरु १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगितामा सैनामैना कलेज, सैनामैनाले रोमाञ्चक जित हात पार्दै विजयी शुरुवात गरेको छ ।
कञ्चन गाउँपालिका ४ दियो बजार स्थित हिमालय खेलमैदानमा भएको उद्घाटन खेलमा सैनामैनाले राजेश स्मृति फाउण्डेशन, कपिलवस्तुलाई ३–२ ले हरायो ।
सैनामैनाको जितमा अविनाश गुरुङ, शम्भु घर्ती र सुजलमान घलेले गारे । पराजित राजेश स्मृति फाउण्डेशनका लागि भने दुवै गोल कुनाल सारुले गरे । खेलमा सैनामैनाका सुजलमान घले म्यान अफ दि म्याच समेतघोषित भए ।
यो जितसँगै सैनामैना क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन ६ गते मंगलबारको खेल आयोजक हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजार र इभोलुशन क्लब अफ बुटवल, तामनगरबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन खेल कञ्चन गाउँपालिका ४ का वार्ड अध्यक्ष केशर बहादुर खत्री, आयोजक संस्थाका अध्यक्ष प्रकाश थापा लगायतले संयुक्त रुपमा गरेका थिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने