काठमाडौं । घरेलु मैदान मै यही फागुन ५ गतेदेखि शुरु हुन गईरहेको चारदेशीय अन्तर्राष्ट्रि महिला फुटबल प्रतियोगिता हेर्ने दर्शकहरुका लागि टिकट मुल्य तय गरिएको छ ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको टिकटदर सामान्यतर्फ ५०० र विशिष्टतर्फ १००० तोकिएको एन्फाले जनाएको छ । दर्शकहरुले खल्ती डिजिटल वालटेमार्फत पनि टिकट खरिद गर्न सक्ने छन् । जसमा खल्तीले १५० ‘क्यास ब्याक’ दिने बताइएको छ । साथै क्यास ब्याक अफर सामान्य टिकटतर्फ मात्र रहेको खल्ती एपले जनाएको छ ।
स्मरण रहोस, नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार सहभागि रहेको प्रतियोगिताको उद्घाटन खेलमा फागुन ५ गतेका दिन म्यानमार र लेबनान भिड्ने छन् भने सोही दिन नेपालले किर्गिस्तानको सामना गर्नेछ ।
त्यस्तै फागुन ८ गतेका दिन नेपालले लेबनानसँग खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा फागुन ११ गतेका दिन म्यानमारको सामना गर्नेछ । लिगचरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित