मरिण । आयोजक मुङग्रे युनाइटेड युवा क्लब, सिन्धुली जारी प्रथम मरिण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा मुङग्रेले रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ बिजय दोङले एन्फा मकवानपुरका लागि शुरुवाती गोल गरेका थिए । यद्यपि मुङग्रेका लागि फैजलले बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा भने मुङग्रेले एन्फा मकवानपुरमाथि ३–१ को जित निकाल्न सफल भयो ।
खेलमा मुङग्रे युनाइटेडका साजन लोप्चन म्यान अफ दि म्याच घोषित भए । मुङग्रेले अब माघ २५ गते शुक्रबार हुने फाइनलमा बागमती युवा क्लब, सर्लाहीसँग उपाधिका लागि भिड्नेछ ।
मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ ।
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न