मरिण । प्रभावशाली जितका साथ बागमती युवा क्लब, सर्लाही यहाँ जारी प्रथम मरिण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा बागमती युवा क्लबले बाग मती गाउँपालिका, मकवानपुरलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । बागमती युवा क्लबको जितमा राज भुषाल, सनम धिमाल र देवा गुरुङ्गले गोल गरे । पराजित बागमती गाउँपालिकाका लागि भने बुद्ध बलले एक मात्र गोल फर्काएका थिए ।
खेलमा बागमती युवा क्लब कै आयुष राना मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मुङग्रे युनाइटेड युवा क्लब, सिन्धुली र रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरबीच हुने आयोजकले जानकारी दियो ।
मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । फाइनल खेल यही माघ २५ गतेका दिन हुनेछ ।
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न