News
महिला लिगको फाइनलमा पुलिस, उपाधिका लागि एपिएफसँग भिड्ने
काठमाडौ । विभागीय टोली नेपाल पुलिस क्लब जारी एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
सोमबार भएको लिगको दोस्रो क्वालिफायरतर्फ अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस उपाधी नजिक पुगेको हो ।
एन्फा कम्प्लेक्समा भएको निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछी खेलको छिनोफानो पेनाल्टीबाट लिइएको थियो । जसमा पुलिसले आर्मीमाथी २-१ को जित निकाल्न सफल भयो ।
पेनाल्टी शुटआउटमा विपक्षीको तीन प्रहार जोगाउँदै उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी गोलरक्षक उषा नाथ खेलको प्लेयर अफ दि म्याच बनिन ।
पुलिसले अब बुधबार दशरथ रंगशालामा हुने फाइनलमा अर्को विभागीय टोली साविक विजेता एपिएफ फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित