News
स्वदेश फर्किए बिमल, सभापति कप पनि खेल्ने
काठमाडौं । पछिल्लो समय अन्य खेलाडीहरु सरह अष्ट्रेलिया पुगेका नेपालका चर्चित युवा फरवार्ड बिमल घर्ती मगर घरेलु फुटबलका लागि स्वदेश फर्किएका छन् ।
बिमलले बिहीबारदेखि शुरु भएको सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने पनि तय भएको छ । बिमलले मच्छिन्द्र फुटबल क्लबका लागि सभापति कप खेल्नेछन् । मच्छिन्द्रले शुक्रबार हुने दोस्रो क्वाटरफाइनलमा एपिएफ फुटबल क्लबको सामना गर्दैछ ।
स्मरण रहोस, अष्ट्रेलिया उड्नु अघि बिमलले गत सिजनको ए डिभिजन लिग पनि मच्छिन्द्रका लागि नै खेलेका थिए । सम्भवत उनले यस सिजनको तेस्रो नेपाल सुपर लिग (एनएसएल) पनि खेल्ने सम्भावना रहेको छ । त्यसैका लागि पनि उनी नेपाल फर्किएको अनुमान समेत गरिएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै