News
सभापति कप शुरु, संकटाको उत्कृष्ट शुरुवात
काठमाडौं । बिहीबारदेखि शुरु भएको सभापति कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा संकटा फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाईज युनाइटेड क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
संकटाको जितमा खेलको २० र ७०औं मिनटमा गरी रिचार्डले दुई गोल गरे । थप एक गोल भने ७३औं मिनटमा चन्दन दासले गरेका थिए । यो जितसँगै संकटा सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत माघ ११ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २६ लाख हात पार्नेछ भने उपविजेताले १३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १७ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै