
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत बर्ष हुन नसकेको शहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता आउँदो चैत १ गतेदेखि गर्ने निर्णय गरेको छ ।
बिहीबार एन्फा कम्पलेक्समा बसेको सी डिभिजन क्लबका प्रतिनिधीहरु र एन्फा पदाधिकारीहरुले लिगको उक्त मिति तय गरेका हुन् । त्यति मात्र नभएर एन्फाले सहभागि क्लबहरुलाई तयारी खर्च वापत दिने रकममा पनि बृद्धि गरेको छ ।
एन्फाका अनुसार सहभागी क्लबहरुलाई दिने रकममा दुई लाखका दरले बृद्धि गरिएको हो । अब लिगमा सहभागी हुने क्लबहरुले तयारी खर्चवापत एन्फाबाट ९ लाख रुपैया प्राप्त गर्नेछन् ।
साथै एन्फाले लिगमा सहभागी टोलीहरुको अंक घटुवा गर्ने नियमलाई पनि निरन्तरता दिने निर्णय गर्यो । एन्फाका अनुसार लिग सञ्चालन गर्दा यसपटक आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आयोजना गर्ने स्पष्ट पार्यो ।
बैठकमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लिग कमिटी संयोजक विज्ञान राज शर्मा लगायतका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, एन्फाले बुधबार मात्र आउँदो फागुन ११ गतेदेखि स्थगित भएको शहिद स्मारक बी डिभिजन लिग पनि सुचारु गर्ने निर्णय गरेको थियो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय