News
युथ लिगमा थ्रीस्टार र फ्रेण्डसको जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग अन्तर्गत आइतबार थ्रीस्टार क्लब र फ्रेण्डस क्लबले आ–आफ्नो खेलहरुमा जित हात पार्दै तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हरायो । यो जितपछि थ्रीस्टारको पाँच खेलबाट १३ अंक छ । पराजित पुलिसको भने समान खेलबाट १० अंक रहेको छ ।
अर्को खेलमा फ्रेण्डसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले हरायो । यो जितपछि ६ खेलबाट फ्रेण्डसको १० अंक छ । उता पराजित आर्मी भने अझै अंकविहीन छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि