काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष पहलमा नेपाली यु–१७ राष्ट्रिय फुटबल टोलीका दुई महत्वपूर्ण युवा सदस्यद्वय सुबास बिक्रम ठकुरी र जोन बिष्टले फिलिपिन्समा विशेष अभ्यास र प्रशिक्षण लिने भएका छन् ।
फिलिपिन्समा व्यवसायीक फुटबलसँगै युवा फुटबल खेलाडीहरुको विकास र प्रवद्र्धनमा सक्रिय भई लागिपरेको ग्रेट ओक मनोर (गोम) फुटबलले सुबास र जोनलाई सो अवसर प्रदान गर्न लागेको हो ।
सुबास र जोनले फिलिपिन्समा तीन महिना (९०) लामो विशेष अभ्यास र प्रशिक्षण लिनेछन् । फिलिपिन्स बसाईका क्रममा लाग्ने र हुने सम्पूर्ण खर्च गोम फुटबलले बेहोर्नेछ । साथै दुवै खेलाडी सोमबार फिलिपिन्सतर्फ प्रस्थान समेत गरिसकेका छन् ।
स्मरण रहोस, सुबासले हालै सम्पन्न एन्फा यु–१८ लिगमा नेपाल पुलिस क्लबलाई आफ्नो कप्तानीमा उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै सुबास प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि