News
एन्फा यु–१६ युथ लिगः शेर्पा र पुलिसको रोमाञ्चक बराबरी

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले रोमाञ्चक बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा शेर्पा र पुलिसले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । शेर्पाका लागि सुजन स्याङ्तनले ह्याट्रिक गरे । पुलिसका लागि भने समिर राईले दुई गोल गर्दा समिर कुमारले थप एक गोल गरेका थिए ।
स्मरण रहोस, त्यसअघि मंगलबार नै भएको पहिलो खेलमा चर्च ब्वाईज युनाइटेडले फ्रेण्डस क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेको थियो ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने