अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१५ च्याम्पियनसिप आयोजनाका लागि साफबाट १ लाख ४० हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलानरले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त रकम टिम व्यवस्थापन र यातायातमा खर्च गरिने बताए ।
महासचिव तुलाधरका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ६५ लाख खर्च हुने बताए ।
यहि कार्तिक ८ (अक्टुबर २५ तारीख) देखि काठमाडौं आयोजना हुन गईरहेको साफ यु–१५ च्याम्पियनसिपतर्फ आयोजक नेपाल, बंगलादेश र माल्दिभ्स सहित समूह ए मा रहेको छ । त्यस्तै समूह बी तर्फ भारत, भुटान र पाकिस्तान रहेका छन् ।
प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले तेस्रो स्थानका लागि भिड्ने छन् । प्रतियोगिताको उद्घाटन खेलमा समूह ए तर्फ बंगलादेश र माल्दिभ्स भिड्ने छन् भने सामूह बी तर्फ भारत र पाकिस्तान भिड्ने छन् । नेपालले आफ्नो पहिलो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”