News
एन्फा यु–१६ लिगः पुलिससँग आर्मी निरीह

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको विभागीय भिडन्तमा नेपाल पुलिस क्लबले फराकिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि ७–० को फराकिलो जित हात पारेको हो । पुलिसका लागि समिर राईले ह्याट्रिक गरे । त्यस्तै रिजन राज गौतमले दुई गोल गर्दा समिर मगर र समिर कुमारले समान एक–एक गोल गरे ।
आइतबार नै भएको अर्को खेलमा फ्रेण्डस क्लबले सातदोबाटो युथ क्लबमाथि शून्यका विरुद्ध २ गोलको जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न