News
नेपालले चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को आगमनसँगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान मै महत्वपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
नेपालले आउँदो फेब्रुअरी १७ देखि २६ तारीख (फागुन ५ देखि १४ गते) सम्म काठमाडौं हुने चारदेशिय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने भएको हो ।
प्रतियोगितामा आयोजक नेपालसँगै किर्गिस्तान, लेबनान र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले सहभागिता जनाउने छन् । जुन प्रतियोगिता फिफाको इन्टरनेशनल विन्डो अन्तर्गत हुने समेत बताइएको छ ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन गेम्सः साविक विजेता दक्षिण कोरिया र जापान फाइनलमा
- अरेबियन गल्फ कपः सेमिफाइनल पुग्ने चार टोलीहरुकै टुंगो लाग्यो
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने