News
जावलाखेल र चर्च ब्वाईजको सुखद समापन

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र चर्च ब्वाईज युनाइटेडले जितका साथ लिगको सुखद समापन गरेका छन् ।
आइतबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई २–० ले हरायो । यो जितपछि २२ खेलबाट ३० अंक जोडेको जावलाखेल लिगतालिकाको सातौं स्थानमा रहेर सिजनको समापन गरेको छ । पराजित सातदोबाटो भने ११ अंकका साथ पुछारमा रहन बाध्य बन्यो ।
अर्को खेलमा चर्च ब्वाईजले मनाङ मस्र्याङ्दी क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो । यो जितपछि २२ खेलबाट २५ अंक जोड्दै लिगतालिकाको आठौं स्थानमा रहेर सिजनको समापन गरेको छ । पराजित मनाङ भने समान २५ अंकका साथ नवौं स्थानमा रह्यो ।
स्मरण रहोस, यु–१८ युथ लिग प्रतियोगिताको उपाधि भने विभागीय टोली नेपाल पुलिस क्लबले यसअघि नै जितिसकेको छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न