News
एपिएफको सहज जित, संकटालाई पनि सफलता

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ७–२ को फराकिलो अन्तरले हरायो । यो जितपछि २१ खेलबाट ३२ अंक जोडेको एपिएफ लिगतालिकाको छैठौं स्थानमा छ । पराजित आर्मी भने १८ अंकका साथ पुछारतिर दशौं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा संकटाले मच्छिन्द्र फुटबल क्लबमाथि ४–० को सहज जित निकाल्यो । यो जितपछि २१ खेलबाट ४२ अंक जोडेको संकटा दोस्रो स्थानमा उक्लेको छ । पराजित मच्छिन्द्र भने ३४ अंकका साथ पाँचौं स्थानमा छ ।
स्मरण रहोस, यस सिजनको ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले यसअघि नै जितिसकेको छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न