
हेटौडा । बुधबारदेखि शुरु भएको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा दावेदार मध्ये एकका रुपमा हेरिएको काठमाडौंको लिग च्याम्पियन पशुपति शिवजी चित्लाङ फुटबल क्लबले उत्कृष्ट गरेको छ ।
हेटौडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा चित्लाङले काभ्रेको माउण्ट एभरेष्ट क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । चित्लाङका लागि अंकित रासकोटीले ह्याट्रिक गरे । ह्याट्रिककर्ता रासकोटी नै खेलको म्यान अफ दि म्याच चुनिए ।
लिगकम नकाउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिता विहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली जिल्लाको लिग च्याम्पियनबीच खेल हुनेछ । त्यसअघि प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने एन्फा प्रेसिडेन्ट कपमा सहभागिता जनाउने छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न