News
आर्मी, मच्छिन्द्र र संकटाको जित

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न तीन खेलहरुमा त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब र संकटा फुटबल क्लबले जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा आर्मीले सातदोबाटो युथ क्लबलाई ४–१ ले हरायो । यो जितपछि २० खेलबाट आर्मीको १८ अंक छ र लिगतालिकाको १०औं स्थानमा यथावत छ । पराजित सातदोबाटो ११ अंकका साथ पुछार मै छ ।
दोस्रो खेलमा मच्छिन्द्रले चर्च ब्वाईज युनाइटेडलाई २–१ ले हरायो । यो जितपछि २० खेलबाट ३४ अंक जोडेको मच्छिन्द्र शिर्ष पाँच मै छ । पराजित चर्च ब्वाईज भने २२ अंकका साथ नवौं स्थानमा छ ।
तेस्रो खेलमा संकटाले एफसी खुमलटारमाथि ७–० को फराकिलो जित निकाल्यो । यो जितपछि २० खेलबाट ३९ अंक जोडेको संकटा तेस्रो स्थानमा यथावत छ । पराजित खुमलटार भने ११ अंकका साथ पुछारतिरै संघर्षरत छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न