News
बागमती प्रदेश लिगको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)

हेटौडा । अखिल नेपाल फुटबल संघ (एन्फा) र बागमती प्रदेश फुटबल संघको संयुक्त आयोजनामा हुन गईरहेको दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा पुष १० गतेका दिन काठमाडौं र काभ्रेपलाञ्चोक जिल्ला भिड्ने खेलतालिकामा उल्लेख छ । प्रतियोगिताको फाइनल र समापन पुष २० गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
खेलतालिका हेर्नुहोस्ः
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न