News
एनआरटी र आर्मीको जित

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार न्युरोडटिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्स्मा भएको दिनको पहिलो खेलमा एनआरटीले मनाङ मस्र्याङ्दी क्लबलाई ३–० ले हरायो । यो जितपछि १९ खेलबाट ३८ अंक जोडेको एनआरटी दोस्रो स्थानमा कायम छ । पराजित मनाङको खातामा भने २५ अंक छ र आठौं स्थानमा छ ।
बुधबार नै भएको अर्को खेलमा आर्मीले जावलाखेल युथ क्लबमाथि १–० को झिनो अन्तरको जित निकाल्यो । यो जितपछि १९ खेलबाट १५ अंक जोडेको आर्मी दशौं स्थानमा छ । पराजित जावलाखेल भने २६ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न