News
जावलाखेलको जित, पुलिसको लय कायमै

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले संकटा फुटबल क्लबलाई ५–३ ले हरायो । यो जितपछि १८ खेलबाट २६ अंक जोडेको जावलाखेल लिगतालिकाको सातौं स्थानमा उक्लेको छ । पराजित संकटा भने ३३ अंकका साथ शिर्ष तीन मै कायम छ ।
अर्को खेलमा पुलिसले एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । यो जितपछि १८ खेलबाट ३९ अंक जोडेको पुलिस शिर्ष स्थानमा कायम छ । पराजित एपिएफ भने २९ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न