
काठमाडौं । नेपाली राष्ट्रिय यु–१६ महिला फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा कल्पना कार्की नियुक्त भएकी छिन् । उनलाई सोमबार एन्फाका महासचिव किरन राईले नियुक्तीपत्र हस्तान्तरण गरे ।
नेपालको यु–१६ महिला फुटबल टोलीको मूख्य प्रशिक्षकमा एन्फाले शुलभजंग राणा र सहायक प्रशिक्षकमा ग्रीष्म मणि शाक्यलाई यसअघि नै नियुक्त गरिसकेको छ । त्यस्तै टोलीको टिम म्यानेजरमा निरु थापाले पनि एन्फाले नियुक्त गरिसकेको छ ।
स्मरण रहोस, नेपालको यु–१६ र यु–१९ महिला फुटबल टोलीले क्रमशः भुटानको यु–१६ र यु–१९ महिला फुटबल टोलीसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।
जसमा नेपाल र भुटानको यु–१६ टोलीहरु बीचको खेल डिसेम्बर २० तारीख (पुष ५ गते) का दिन हुनेछ भने नेपाल र भुटानको यु–१९ टोलीहरु बीचको खेल डिसेम्बर २२ तारीख (पुष ७ गते)का दिन हुनेछ । साथै दुवै खेलहरु दशरथ रंगशालामा हुनेछन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि