News
मच्छिन्द्र र आर्मीको महत्वपूर्ण जित
काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले महत्वपूर्ण जित हात पार्दै खातामा ३–३ अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलतर्फ मच्छिन्द्रले खुमलटारलाई शून्यका विरुद्ध १ गोलले हरायो । मच्छिन्द्रको जितमा पदम तामाङले एक मात्र निर्णायक गोल गरे । यो जितपछि मच्छिन्द्रको खातामा १४ खेलबाट २५ अंक छ र लिगतालिकाको शिर्ष तीन कै होडमा छ । पराजित खुमलटार भने ७ अंकका साथ ११औं स्थानमा संघर्षरत छ ।
अर्को खेलमा आर्मीले चर्च ब्वाईज युनाइटेडलाई २–१ ले हरायो । यो जितपछि आर्मीको १४ खेलबाट १२ अंक भएको छ र अझै लिगतालिकाको मध्यतिर संघर्ष जारी छ । पराजित चर्च ब्वाईजको खातामा भने १५ अंक छ । लिगतालिकाको मध्यतिरै कायम छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई पाँच लाख धरौटीमा रिहा
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु