देवचुली । अभिषेक चर्च रजहर यहाँ जारी प्रथम देवचुली गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अभिषेक चर्चले सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
त्यसअघिको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । यद्यपि टाईब्रेकरमा अभिषेक चर्चले २८ बिगाहामाथि ४–२ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो ।
खेलमा अभिषेक चर्चका सुजित बुढाथोकी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १९ गते बुधबारको दोस्रो सेमिफाइनल खेल योङ ब्वाईज क्लब, चितवन र गैडाकोट फुटबल क्लब, गैंडाकोट बीच हुने आयोजकले जानकारी दियो ।
शान्तिदिप युवा क्लब, देवचुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।
- पूर्वी नवलपरासीमा ऐतिहासिक ४०औँ युनाइटेड गोल्डकप भदौ १९ गतेदेखि
- गैंडाकोट च्याम्पियनसिप कपमा ८ टोली, रु. ५ लाख ५ हजार ५ सय ५५ पुरस्कार राशिको घोषणा
- प्रथम 'गैंडाकोट च्याम्पियनसिप कप २०८३ को तयारी सुरु
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा