News
एपिएफ र खुमलटारको बराबरी, एनआरटीलाई थ्रीस्टारको झट्का
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत १४औं चरणको शुरुवाती दुई खेलतर्फ एपिएफ फुटबल क्लब र एफसी खुमलटारले बराबरी खेल्दा एनआरटी भने थ्रीस्टार फुटबल क्लबसँग स्तब्ध बनेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफ र खुमलटारले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । यो नतिजापछि १४ खेलबाट २२ अंक जोडेको एपिएफ लिगतालिकाको शिर्ष पाँचमा छ । उता खुमलटार भने ८ अंकका साथ ११औं स्थानमा संघर्षरत छ ।
त्यस्तै अर्को खेलमा थ्रीस्टारले शिर्षताको होडमा रहेको एनआरटीलाई ३–० ले हरायो । यो जितपछि १४ खेलबाट २६ अंक जोडेको थ्रीस्टार शिर्ष तीनमा उक्लिएको छ । पराजित एनआरटी भने २८ अंकका साथ शिर्ष स्थानमा यथावत छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई पाँच लाख धरौटीमा रिहा
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु