News
शिर्ष स्थानमा एनआरटी, थ्री स्टार र चर्च ब्वाईजको बराबरी
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगितातर्फ शिर्षताको होडमा बलियो दावेदारिता पेश गरेको न्युरोडटिम (एनआरटी) आफ्नो १३औं चरणको खेलमा लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराएर महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
यो जितपछि १३ खेलबाट २८ अंक जोडेको एनआरटी लिगतालिकाको शिर्ष स्थानमा उक्लेको छ । पराजित खुमलटार भने ७ अंकका साथ लिगतालिकाको ११औं स्थानमै संघर्षरत छ ।
त्यस्तैअर्को खेलमा चर्च ब्वाईज युनाइटेड र थ्री स्टार क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि १३ खेलबाट २३ अंक जोडेको थ्रीस्टार लिगतालिकाको तेस्रो स्थानमा यथावत छ । उता चर्च ब्वाईज भने १५ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा