News
वातासिनो योङ स्टारको विजयी सुरुवात
दउचुली । उत्कृष्ट जितका साथ यहाँ जारी प्रथम देवचुली गोल्डकप नकआउट फुटबल प्रतियोगितामा वातासिनो योङ स्टार, कावासोतीले उत्कृष्ट शुरुवात गरेको छ ।
वातासिनोले युनाइटेड युवा क्लब, गिरवारीलाई शून्यका विरुद्ध ५ गोलको अन्तरले हराउँदै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । वातासिनोको जितमा सजिन थापा मगरले ह्याट्रिकसहित ३ गोल गर्दा सन्त गुरुङले दुई गोल गरे । खेलमा ह्याट्रिक गरेका वातासिनोका सजिन थापा मगर म्यान अफ दि म्याच समेत चुनिए ।
शान्तिदीप युवा क्लब, देवचुली–१०, पृथ्वीनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । कुल १४ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर २२ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा