News
राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पिनसिपको उपविजेता बनेको राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गर्ने भएको छ । सरकारले महिला फुटबल टोलीका प्रत्येक सदस्यहरुलाई जनही ३–३ लाख नगदसहित सम्मान गर्ने भएको हो ।
स्मरण रहोस, दशरथ रंगशालामा मंगलबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशससँग २–१ ले पराजित हुन पुगेको थियो । घरेलु मैदानमा नेपालको यो लगातार दोस्रो फाइनल पराजय पनि थियो । यसअघि नेपालले घरेलु मैदान मै भएको गत संस्करणको फाइनलमा पनि बंगलादेशससँगै हार बेहोरेको थियो ।
त्यसअघि नेपालले फाइनल प्रवेश गर्ने क्रममा समूह चरणतर्फ भुटानसँग बराबरी खेलेको थियो भने श्रीलंका र माल्दिभ्सलाई हराएको थियो । त्यस्तै सेमिफाइनलमा दावेदार भारतलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न