काठमाडौं । बुधबार सम्पन्न साफ महिला च्याम्पियनसिपको समापन लगतै नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी व्यवसायीक क्लब ड्युटीका लागि फ्रान्स फर्किएकी छिन् । फ्रान्सको शिर्ष महिला लिगमा गुइनग्याम्पका लागि खेलिरहेकी साबित्रा त्यसैका लागि बुधबार अबेर राती नै फ्रान्सतर्फ प्रस्थान गरेकी हुन् ।
स्मरण रहोस, साफ महिला च्याम्पियनसिपतर्फ साबित्राले समूह चरणको पहिलो खेलमा भुटानसँगको खेल गुमाएकी थिईन् । त्यस्तै माल्दिभ्स विरुद्धको खेलमा भने साबित्रालाई आराम दिइएको थियो । उनले समूह चरणको अन्तिम खेलमा श्रीलंका विरुद्ध र सेमिफाइनलमा भारत विरुद्ध खेलेकी थिईन् । र, दुवै खेलमा गोल समेत गरेकी थिईन् ।
साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार भएको फाइनलमा नेपालले बंगलादेशसँग १–२ को हार बेहोर्दै लगातार दोस्रोपटक घरेलु मैदान मै उपविजेतामा सिमित बन्न बाध्य हुनुपरेको थियो । संयोग कस्तो भन्दा, नेपालले घरेलु मैदानमा खेलेको लगातार दुवै फाइनलमा बंगलादेश विजेता बनेको थियो ।
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने