काठमाडौं । फ्रान्सको शिर्ष महिला फुटबल लिगमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले नयाँ सिजनमा पहिलो गोल गरेकी छिन् । लिगतर्फ सिजनको पहिलो जित हात पार्ने क्रममा गुइनग्याम्पले स्ट्रासबर्गलाई ३–२ ले हराउँदा साबित्राले टोलीका लागि पहिलो गोल गरिन् ।
सबै गोल दुवै टोलीले दोस्रो हाफमा गरेका थिए । खेलमा गोलको खाता भने साबित्राले खोलेकी थिईन् । साबित्राले ५८औं मिनटमा हेड गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएकी थिईन् । यद्यपि ६३औं मिनटमा लोरेना अजारोले पेनाल्टीमार्फत स्ट्रासबर्गका लागि बराबरी गोल फर्काएकी थिईन् । त्यसको दुई मिनट लगतै केन्जा चापेलले स्ट्रासबर्गका लागि दोस्रो गोल गरिन् ।
यद्यपि गुइनग्याम्पले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । दोस्रो गोल खाएको एक मिनट बित्न नपाउँदै अगाथे ओलिभरले गुइनग्याम्पका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याईन् । खेलको इन्जुरी समयमा लेला पेनौले गुइनग्याम्पका लागि पेनाल्टीमार्फत तेस्रो र निर्णायक गोल गर्दै टोलीलाई सिजनको पहिलो जित दिलाईन् ।
यो जितपछि ५ खेलबाट ३ अंक जोडेको गुइनग्याम्प लिगतालिकाको १०औं स्थानमा छ । पराजित स्ट्रासबर्ग २ अंकका साथ ११औं स्थानमा छ । शिर्ष स्थानमा भने १५ अंक जोडेको पिएसजी रहेको छ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा