काठमाडौं । बु.न.पा. ३ र बु.न.पा. ९ यहाँ जारी नवौ बुढानीलकण्ठ नगर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको पहिलो क्वाटरफाईनल खेलमा बु न पा ३ को शिवपुरी युवा क्लबले बु.न.पा २ को वाशिकु क्लबलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अबसरहरु निकालेका थिए । वाशिकु क्लबले पाएको केहि राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा नतिजा शिवपुरीलाई सुम्पेको थियो । खेलमा बिजयी शिवपुरीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दोश्रो क्वाटरफाइनलमा बु.न.पा ९ ले बु.न.पा १० लाई पनि समान शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । खेलमा बु.न.पा. ९ का जतिन बराल म्यान अफ दि म्याच चुनिए ।
विजयादशमीको अवसर पारी बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि