News
सिस्नेरी पहिरोमा ज्यान गुमाएका बाल खेलाडीहरुको निधनप्रति फिफा अध्यक्षद्वारा दुःख व्यक्त (पत्रसहित)
काठमाडौ. । गत साता मकवानपुरको सिस्नेरीमा आएको पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीमा प्रशिक्षणरत ६ खेलाडीहरुको निधनप्रति फिफा अध्यक्ष जियानी इन्फेन्टिनोले दुःख व्यक्त गरेका छन् ।
इन्फेन्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पठाएको पत्रमा सिस्नेरी पहिरोमा ज्यान गुमाएका बाल खेलाडीहरुको निधनप्रति इन्फेन्टिनोले दुःख व्यक्त गरेका हुन् ।
साथै उनले छिटै नेपाल भ्रमण गर्ने जानकारी समेत गराएका छन् । स्मरण रहोस, यसअघि इन्फेन्टिनाले यसै महिना नेपाल भ्रमण गर्ने कार्यक्रम थियो । तर सिस्नेरी पहिलोको घट्ना पश्चात एन्फाले इन्फेन्टिनाको भ्रमण रद्द गरेको थियो ।
फिफा अध्यक्षद्वारा पठाइएको पत्र पनि हेर्नुहोसः

Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न