News
बाल खेलाडीद्वय दिवस र प्रियान्सको पनि सम्मानका साथ अन्त्येष्टी

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा शनिबार आएको बाढीमा परि निधन भएका एन्फा एकेडेमीका बाल खेलाडीद्वय मकवानपुरका दिवस बानियाँ र धादिङका प्रियान्स आचार्यको पनि पशुपतिमा अन्त्येष्टी गरिएको छ ।
सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको राष्ट्रिय झण्डा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय पंकज विक्रम नेम्वाङले एन्फाको झण्डा ओढाई सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्मरण रहोस, मकवानपुरको सिस्नेरी नजिक वत्सलादेवी माविमा प्रशिक्षणरत रहेका ४० मध्ये ६ बाल खेलाडीहरु बाढीमा परि वेपत्ता भएका थिए । पछि उनीहरुको खोजी गर्दा ६ जना बाल खेलाडीहरु कै शव भेटिएको थियो ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण