News
तेह्रथुमको आठराईमा असोज १९ गते देखि दोस्रो चुहानडॉडा खेलकुद कार्यक्रम हुँदै

तेह्रथुमको आठराई गाउँपालिका वडा ६ चुहानडॉडा स्थित तेह्रथुम बहुमुखी क्याम्पसको खेल मैदानमा असोज १९ गते देखि २४ गते सम्म दोस्रो चुहानडॉडा खेलकुद कार्यक्रम हुने भएको छ ।
वडा नं ६ को आर्थिक सहयोगमा सन्चालन हुने कार्यक्रममा खुल्ला पुरूष फुटबल प्रतियोगिता तथा वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बताइएको छ । खुल्ला पुरूष फुटबल तर्फ बिजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन । त्यस्तै वडा स्तरीय पुरूष भलिबल तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार प्राप्त गर्ने चुहानडॉडा खेलकुद कार्यक्रमका अध्यक्ष ओम कुमार लिम्बुले बताउँनु भयो ।
गत बर्ष देखि वडा दशैको अवसरमा लाग्दै आएको कार्यक्रमका लागि वडा कार्यलयले आर्थीक सहयोग गरिरहेको वडाध्यक्ष कृष्ण प्रसाद बास्कोटाले बताउँनुभयो ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो