कुञ्जलापुर । लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलमा लिस्नुले शहरी प्रतिद्वन्द्वी न्यु सिर्जना युवा क्लब, करौजियालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।
लिस्नुको जितमा अफ्रिकी खेलाडीद्वय ओहिनेबा अदुसेई पोकु हेनरी, कार्लोस सामी र समिरराज थोकरले एक–एक गोल गरे । पराजित न्यु सिर्जनाका लागि भने सन्दिप मल्लले गोल गरेका थिए ।
खेलमा लिस्नुका ओहिनेबा अदुसेई पोकु हेनरी म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत असोज ११ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र योङ स्टार क्लब, मडाहा बीच हुनेखेल संयोजक विजय पुनले जानकारी दिए ।
स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने