
काठमाडौं । महत्वपूर्ण खेलमा जित हात पार्दै वालिङ नगरपालिका र कोशी प्रदेश जारी एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताको सुपर लिग चरणमा प्रवेश गरेका छन् ।
बिहीबार एन्फा कम्प्लेक्समा भएको नवौं चरणको पहिलो खेलमा वालिङले चन्द्रपुर नगरपालिकामाथि २–१ को रोमाञ्चक जित निकाल्यो । वालिङका लागि ुसुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरे । पराजित चन्द्रपुरका लागि भने सुनिता सुनारले एक मात्र गोल फर्काईन् ।
यो जितपछि ९ खेलबाट १५ अंक जोडेको वालिङ शिर्ष चारमा परेको छ । उता पराजित चन्द्रपुर भने ८ अंकका साथ लिगतालिकाको आठौं स्थानमा रहेर सिजनको समापन गर्न बाध्य बनेको छ ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा कोशीले सुदुरपश्चिम प्रदेशमाथि ४–० को एकतर्फी जित निकाल्यो । कोशीका लागि समिक्षा मगरले दुई गोल गर्दा ममता राउत र खुश्मा राईले समान एक–एक गोल गरे ।
यो जितपछि ९ खेलबाट १४ अंक जोड्दै कोशी लिगतालिकाको पाँचौं स्थानमा रहेर वालिङसँगै दोस्रो चरणमा प्रवेश गरेको छ । पराजित सुदुरपश्चिम भने अंकविहीन रुपमा पुछार मै रहेर लिगको समापन गरेको छ ।
सुपर लिग चरणमा कोशी र वालिङ बाहेक तीन विभागीय टोलीहरु एपिएफ, पुलिस र आर्मीले पनि स्थान बनाएका छन् । सुपर लिग चरणका खेलहरु भने डबल राउण्ड रोबिनका आधारम हुनेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न