News
रातोघरको आयोजनामा प्रथम एमेच्योर फुटसल हुँदै

पोखरा । रातो घर, रामबजार, पोखराको आयोजना तथा स्व. सुनिल गुरुङ र सुशिल कार्कीको स्मृतिमा यही असोज ९ र १० गतेका दिन प्रथम फाईभ ए साईड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ ।
गणेशटोल, पोखरा स्थित स्पोर्टस क्यासलमा हुने प्रतियोगिताको असोज ७ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
पुन टोल ब्रदर्श, रामबजारको विशेष सहयोग रहने प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड