
काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा उपाधि रक्षा अभियानमा रहेको साविक विजेता वडा नं १४ ले बुधबार विजयी सुरुआत गरेको छ । सोही दिन भएको अन्य खेलमा वडा नं ३, वडा नं २० र वडा नं १० ले पनि आ–आफ्नो खेलमा जित हात पारेर प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भए ।
लैनचौर फुटसल मैदानमा वडा १४ ले वडा १५ लाई १–० ले हरायो । सो खेलमा रुपक हमालको गोल निर्णायक बनेको हो । रुपक नै म्यान अफ दि म्याच घोषित भए । यसैगरी वडा ३ ले वडा ३० लाई ७–० को फराकिलो अन्तरले हरायो । विजयी टिमका सुजन महर्जनले चार, प्रज्वल भट्टले दुई तथा अनुराग श्रेष्ठले एक गोल गर्नुभयो । ह्याट्रिकसहित चार गोल गर्ने सुजन म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै वडा २० ले वडा २९ लाई २–० ले पराजित गर्यो । वडा २० का लागि दुवै गोल युनिक मान डङ्गोलले गरे । युनिक नै खेलको म्यान अफ द म्याच पनि चुनिए । बुधबारको अन्तिम खेलमा इम्रोज श्रेष्ठको गोलको सहयोगमा वडा नं १० ले लडा नं २ लाई १–० ले निराश बनायो । निर्णायक गोलकर्ता इम्रोज नै म्यान अफ द म्याच बने ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै