News
आयोजक चपरहट्टी फाइनलमा प्रवेश
चपरहट्टी । रोमाञ्चक जितका साथ आयोजक चपरहट्टी फुटबल क्लब जारी तेस्रो चपरहट्टी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
तिलोत्तमा–१, चपरहट्टी स्थित आयोजक क्लब कै खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा चपरहट्टीले बिशालनगर भेट्रान्सलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
चपरहट्टीको जितमा अजित गुरुङ र बिबेक गुरुङले गोल गरे । पराजित बिशालनगरका लागि भने सुरज चौधरीले एक मात्र गोल फर्काएका थिए ।
चपरहट्टीले अब मंगलबार हुने दोस्रो सेमिफाइनलतर्फ युनाइटेड एफसी र तिलोत्तमा–०८ टिम बीचको विजेतासँग फाइनल खेल्नेछ ।
कुल ३० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक साजन रासकोटीले जानकारी दिए ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने