कोहिटवा । उत्कृष्ट जित हात पार्दै समपुर्ण युवा क्लब, सुपौली जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा एक खेल खेलाडी कम हुनुका बावजुद समपुर्णले वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जालाई ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
पशुपति माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा समपुर्णका लागि गणेश हमालले दुई गोल गरे भने थप एक गोल सुमित श्रेष्ठले गरे । पराजित वालिङका लागि सञ्जय रानाले उक मात्र गोल फर्काएका थिए ।
खेलमा समपुर्णका लागि दुई गोल गरेका गणेश हमाल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज १ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने