News
अजय एफसीलाई राम बहादुर (आरके) सुबेदी गोल्डकपको उपाधि
काठमाडौं । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न राम बहादुर (आरके) सुबेदी गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि अजय एफसीले जितेको छ ।
तेन्जिङ चोक, बौद्ध स्थित इलाईट फुटसलमा भएको उपाधि भिडन्तमा अजय एफसीले मोलम एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । अजय एफसीको जितमा कुशन श्रेष्ठले दुई गोल गर्दा सन्तलाल तामाङले थप एक गोल गरे ।
विजेता बनेको अजय एफसीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्दा उपविजेता मोलम एफसीले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ अजय एफसी कै अनिष माझी उत्कृष्ट गोलरक्षक बन्दा अजय एफसी कै कुशन श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै मोलमका सुरेश श्रेष्ठ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न