News
लैनचौरमा सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने
काठमाडौं । लैनचौर युवा सामान्य समिति, काठमाडौंको आयोजनामा आउँदो असोज ११ देखि १४ गतेसम्म खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
दुव्र्यसन विरुद्ध सचेतना जगाउने उद्देश्यका साथ आयोजना हुन गईरहेको प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि ८००० टिमदर्ता पनि तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”