News
महिला लिगमा पुलिसको गोल बर्षा
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दुई खेल मध्ये एकमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित दर्ता गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशमाथि ९–० को फराकिलो जित निकाल्यो । पुलिसको जितमा निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक गरे भने पुजा राना, घिम कुमारी गुरुङ र अनुष्का शेर्पाले थप एक–एक गोल गरे ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा चन्द्रपुर नगरपालिकाले नवप्रवेशी टोली संकटा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”